नेप्से २५ अङ्कले घट्यो, १० अर्ब १२ करोड रुपैयाँको कारोबार

  • २०८१ भाद्र २३, आईतबार (२ महिना अघि)
  • ९८ पटक पढिएको
नेप्से २५ अङ्कले घट्यो, १० अर्ब १२ करोड रुपैयाँको कारोबार

काठमाडौं– सेयर बजार आज दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६ अङ्कले घटेर दुई हजार सात सय एक दशमलव ९० विन्दुमा झरेको छ ।

Advertisement

आज दिउँसो १२ बजेर ३७ मिनेटमा दुई हजार सात सय ६० विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा घटेको हो । आज उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको सेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माहुली लघुवित्त, शृजनशील लघुवित्त र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

आज तीन सय २८ वटा कम्पनीको दुई करोड २२ लाख कित्ता सेयर १० अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट