९ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि

  • २०८१ भाद्र २५, मंगलबार (१ हप्ता अघि)
  • ५९ पटक पढिएको
९ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि

काठमाडौं – बाँकेको नेपालगञ्जमा रहेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसका बिरामी फेला परेका छन् । नरैनापुर–१ मतहनियाकी नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिइन् ।

Advertisement

बिरामीको एक सातासम्म अस्पतालको ‘आईसीयू’ मा उपचार भएको र अहिले अवस्था सामान्य भएको उनले बताइन् । यसअघि ती बालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएकोबारे भने थाहा हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताए ।

चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ ।

यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ । जापनिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने डा. खड्काले बताइन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट