उपसभामुख रानालाई राजीनामा दिन सत्तारूढ दलहरूले आग्रह गर्ने

  • २०८१ भाद्र २५, मंगलबार (१ हप्ता अघि)
  • ६५ पटक पढिएको
उपसभामुख रानालाई राजीनामा दिन सत्तारूढ दलहरूले आग्रह गर्ने

काठमाडौं– सत्तापक्षका दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने भएका छन् ।

Advertisement

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलहरूको बैठकले उपसभामुखले पदीय आचरण विपरीत काम गरेको भन्दै राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाले राजीनामा नदिए कानूनअनुसार हटाउने तयारीमा लाग्न पनि दलका प्रमुख सचेतकहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

संसद्को दुईतिहाइ मतले उपसभामुख हटाउन सक्ने व्यवस्था छ । उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट