उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन कांग्रेसको सुझाव

  • २०८१ भाद्र २६, बुधबार (२ महिना अघि)
  • ९० पटक पढिएको
उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन कांग्रेसको सुझाव

काठमाडौं– नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिन सुझाव दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले उपसभामुखलाई राजीनामा दिन उपयुक्त हुने सुझाव दिएको हो ।

Advertisement

असम्बन्धित व्यक्तिहरूको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको बैठकको ठहर छ । उपसभामुख रानालाई पदबाट हटाउने विषयमा कांग्रेस–एमालेबीच सहमति भइसकेको छ । यसैबारे नेताहरूको धारणा बुझ्न देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गरेका हुन् ।

उपसभामुखले ‘पद अनुकूल आचरण नगरेको’ भन्दै कांग्रेस र एमालेले उनलाई हटाउने तयारी गरेका हुन् । त्यसका लागि सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका छन् । उपसभामुखले मार्गप्रशस्त नगरेमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सत्तापक्षको तयारी छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट