ह्यारिस र ट्रम्पबीच ९० मिनेट चुनावी बहस : एकअर्काको आलोचना

  • २०८१ भाद्र २६, बुधबार (२ महिना अघि)
  • १०० पटक पढिएको
ह्यारिस र ट्रम्पबीच ९० मिनेट चुनावी बहस : एकअर्काको आलोचना

एजेन्सी– आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि भएको बहसमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प सहभागी भएका छन् । ‘द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट’ नामको ९० मिनेटको टेलिभिजन कार्यक्रमका क्रममा भएको बहसमा उनीहरू दुवैले एकअर्काको आलोचना गरेका छन् ।

Advertisement

ह्यारिसले अमेरिकाको भविष्यका बारेमा आफू र ट्रम्पको पूर्ण भिन्न धारणा रहेको बताइन् । ह्यारिसले आफ्नो ध्यान भविष्यमा रहेको दाबी गर्दै ट्रम्प भने विगतमा अड्किएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले ह्यारिसको नीतिको कुनै अर्थ नभएको भन्दै विगत चार वर्षमा केही हासिल गर्न नसकेको बताए । उनले नोभेम्बरमा हुने राष्ट्रपति चुनाव ह्यारिसले जितेमा तेस्रो विश्वयुद्धको सम्भावना बढ्ने तर्कसमेत गरेका छन् । तर ह्यारिसले आफू अर्थतन्त्र बलियो बनाउने योजनामा अडिक रहेको जवाफ लिएकी छन् ।

बहसमा कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएर ट्रम्पले पछिल्लो पटक जस्तै अर्बपति र व्यापारीहरूलाई कर छुट दिने व्यवस्था लागू गर्ने योजना बनाएकोले अर्को वर्ष मन्दी आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताइन् ।

बहसमा पूर्वराष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्पले आफूले जितेमा रुस र युक्रेनबीचको युद्ध तत्कालै अन्त्य गर्ने दाबी गर्दा उपराष्ट्रपति ह्यारिसले ट्रम्प राष्ट्रपति भइरहेको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनमा हुने बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट