नेप्से ६ दिनमा २ सय २० अङ्कले घट्यो

  • २०८१ भाद्र २६, बुधबार (२ महिना अघि)
  • ९८ पटक पढिएको
नेप्से ६ दिनमा २ सय २० अङ्कले घट्यो

काठमाडौं – सेयर बजार आज पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव २१ विन्दुमा झरेको छ ।

Advertisement

नेप्से पछिल्लो ६ कारोबार दिन लगातार घटिरहेको छ । नेप्से गत साताको बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियो । यस्तै यो साताको आइतवार २५ दशमलव ४६, सोमवार ५५ दशमलव ८६ र हिजो मङ्गलवार १३ दशमलव शून्य नौ अङ्कले घटेको थियो ।

६ कारोबार दिनमा सेयर बजार दुई सय २० अङ्कले घटेको छ । गएको भदौ १८ गते मङ्गलवार दुई हजार आठ सय ३० विन्दुमा रहेको नेप्से आज दुई हजार ६ सय १० विन्दुमा आइपुगेको छ ।

आज फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज एशियन हाइड्रोपावर कम्पनीको सेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन विन नेपाल लघुवित्त कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय १७ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता सेयर ६ अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट