बलात्कार कसुरमा १२ वर्ष कैद, ५ लाख जरिवाना

  • २०८१ भाद्र २७, बिहिबार (१ हप्ता अघि)
  • ७२ पटक पढिएको
बलात्कार कसुरमा १२ वर्ष कैद, ५ लाख जरिवाना

काठमाडौं- १४ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा भारतीय नागरिक ४० वर्षीय संजयकुमार प्रसादलाई १२ वर्ष कैद र पाँच लाख रुपियाँ जरिवाना फैसला गरिएको छ । जिल्ला न्यायधिस मनकुमारी जिएम विकले २०८१ भदौ २५ गते फैसला गरेको हो ।

Advertisement

त्यस्तै, पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला पनि गरिएको जिल्ला अदालत धादिङका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

कसुरदारले २०८० बैशाख १ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले २०८० बैशाख २८ गते इलाका प्रहरी कार्यालय गजुरीमा मुद्दा दर्ता गराएको थियो । पीडितको बैशाख २८ गते नै धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण भएको थियो । तत्कालिन अवस्थामा फरार भएका कसुरदार २०८१ बेशाख २ गते प्रहरीले पक्राउ गरि बैशाख १७ गतेदेखि पुरपक्षका लाथि थुनामा थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट