किसानले दुधको भुक्तानी छिट्टै पाउँछन्– कृषि मन्त्री अधिकारी

  • २०८१ भाद्र २७, बिहिबार (२ महिना अघि)
  • ११५ पटक पढिएको
किसानले दुधको भुक्तानी छिट्टै पाउँछन्– कृषि मन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैसम्म सबै किसानहरुले दुधको भुक्तानी पाउने बताएका छन् । डिडिसिले भुक्तानी गर्नुपर्ने १ अर्ब २० करोड रुपैयाँ किसानलाई छिट्टै उपलब्ध गराउने बताएका हुन् ।

Advertisement

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कृषि मन्त्री अधिकारीले निजी क्षेत्रबाट खोलिएको डेरी उद्योग तथा डिडिसि लगायत सबै किसानलाई लगभग चार अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताए । भुक्तान दिन बाँकी रहेको सबै रकम निजी डेरी उद्योगहरूले पनि किसानलाई चाँडै भुक्तानी गर्नुपर्ने बताए ।

निजी डेरी उद्योगले किसानलाई दिनुपर्ने रकम यति लामो समय राख्दा किसानहरू मर्कामा परेको उनले बताए । ‘किसानले दुधको उचित मूल्य पाउनुपर्छ । समयमा दुधको भुक्तानी पनि हुनुपर्छ । नभए किसान मर्कामा पर्छन् । पशुपंक्षी तथा कृषि बिमा लगायत किसानले पाउने सबै प्रकारको बिमाको अनुदान रकम सरकारले चाडै निर्धारण गर्ने छ’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट