प्रेस चौतारीका अध्यक्ष बस्नेतमाथि पक्राउ प्रयास, पत्रकारको प्रतिकारपछि फर्किए प्रहरी

  • २०८१ भाद्र २७, बिहिबार (२ महिना अघि)
  • १५८ पटक पढिएको
प्रेस चौतारीका अध्यक्ष बस्नेतमाथि पक्राउ प्रयास, पत्रकारको प्रतिकारपछि फर्किए प्रहरी

काठमाडौं– प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ प्रयास गरेको छ । एमाले सम्बद्ध पत्रकारहरूले प्रतिरोध गरेपछि पक्राउ गर्न सादा पोशाकमा काठमाडौँको हार्दिक होटल पुगेका प्रहरी फर्किएका हुन् ।

Advertisement

एक कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले बस्नेतलाई पक्राउ प्रयास गरेको हो । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका पत्रकारहरूको संस्था प्रेस चौतारीको बस्नेत अध्यक्ष हुन् । बस्नेतले जनता टाइम्स डटकममा समाचार प्रकाशित गरेकै कारण पक्राउ गर्न खोजिएको भन्दै पत्रकार सम्वद्ध संस्थाहरुले प्रेस विज्ञप्ति समेत निकालेका छन् ।

नेपाल पत्रकार महासघंले बस्नेत पक्राउ प्रयासको विरोध जनाएको छ । त्यसैगरी, प्रेस चौतारी नेपालले पनि प्रेस विज्ञप्ति जारी गरि आपत्ति जनाएको हो । प्रेस काउन्सिलको क्षेत्राधिकार नाघेर प्रहरीले अध्यक्ष बस्नेतमाथि धरपकड गर्न गरेको प्रयासको विरोध जनाएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट