दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न आदेश

  • २०८१ भाद्र २८, शुक्रबार (२ महिना अघि)
  • ११४ पटक पढिएको
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न आदेश

काठमाडौं– भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।

Advertisement

दिल्लीको मदिरा सम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सिबिआईको हिरासतमा रहेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जमानतमा छाड्न आदेश दिएको हो ।

न्यायाधीशहरू सूर्यकान्त र उज्वल भुयनले मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छाड्न आदेश दिएको टाइम्स अफ इन्डियाले जनाएको छ । तिहाड जेलमा रहेका केजरीवाललाई आज नै छाड्ने तयारी छ ।

आम आदमी पार्टीका नेता ६ महिनापछि जेलबाट निस्किन लागेका हुन् । यसअघि इन्फोर्समेन्ट डाइरेक्टरेटले पक्राउ गर्दा पनि उनी जमानतमा छुटेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट