वीर अस्पतालमा पुन: जलन उपचार सेवा सुरू

  • २०८१ भाद्र २८, शुक्रबार (२ महिना अघि)
  • १४१ पटक पढिएको
वीर अस्पतालमा पुन: जलन उपचार सेवा सुरू

काठमाडौं– काठमाडौंको वीर अस्पतालमा फेरि जलन उपचार सेवा सुरू भएको छ ।

Advertisement

आज स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरिएको हो ।
मन्त्री पौडेलले जलनका बिरामीलाई सरकारले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने पनि बताए ।

सरकारले क्यान्सर, मिर्गौलालगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका बिरामीका लागि पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिबद्धता थियो ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भए पनि नेपाल सरकारले प्राथमिकता दिएपछि सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट