प्रतिनिधि सभा बैठक स्थगित

  • २०८१ भाद्र ३०, आईतबार (४ दिन अघि)
  • ३९ पटक पढिएको
प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं– प्रतिनिधि सभाको आइतबारको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

Advertisement

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सारेर दुई बजे हुँदै ३ः१५ बजेसम्म बस्ने तय भएको थियो । अपराह्न ४ बजेसम्म पनि बैठक बस्ने अवस्था नदेखिएपछि स्थगित गरिएको हो ।

सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

नेकपा (माओवादी केन्द्र) ले हिंसा शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने जानकारी सभामुख घिमिरेलाई दिएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट