ट्रम्पमाथि पुन: गोली प्रहार

  • २०८१ भाद्र ३१, सोमबार (३ दिन अघि)
  • ४७ पटक पढिएको
ट्रम्पमाथि पुन: गोली प्रहार

काठमाडौं– पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुनः फ्लोरिडाको एक गोल्फ कोर्समा हत्याको प्रयास भएको छ । उनी एक सम्भावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको छ ।

Advertisement

आफ्नो फ्लोरिडा गोल्फ कोर्समा हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेका छन् । घटनामा एक ‘सम्भावित संदिग्ध’ हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् । सिक्रेट सर्भिस एजेन्टहरूले झाडीबाट राइफलको ब्यारेल देखेपछि संदिग्धमाथि गोली हानेको अधिकारीहरूले जानकारी दिएका हुन् ।

एफबीआईका अनुसार ट्रम्प त्यतिबेला २७५ देखि ४५५ मिटर टाढा थिए । घटनास्थलमा एक एके४७ शैलीको बन्दुक र स्कोप, दुई ब्याकप्याक र गोप्रो क्यामेरा फेला परेको छ । एजेन्टहरूले गोली हानेपछि प्रत्यक्षदर्शीले संदिग्धलाई झाडीबाट भागेको र कालो निसान कारमा हाम फालेको जानकारी दिएका थिए ।

पुलिसले घटनाको अपडेट दिने क्रममा भनेको छ उक्त साक्षीले वाहन र नम्बर प्लेटको तस्बीर लिएका थिए र पछि मार्टिन काउन्टीमा सो कारलाई रोकिएको थियो। यता आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू ‘सुरक्षित’ रहेको बताएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट