सिटौलाद्वारा बसका महिला चालक र परिचारिकालाई सम्मान

  • २०८१ आश्विन १, मंगलबार (२ दिन अघि)
  • ७९ पटक पढिएको
सिटौलाद्वारा बसका महिला चालक र परिचारिकालाई सम्मान

काठमाडौं– विश्वकर्मा पूजाको अवसर पारेर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दुई व्यक्तिलाई नगद सहित सम्मान गरेका छन् । सिटौलाले आफ्नो जन्मदिनको अवसर पारेर नेपालकै पहिलो महिला बस परिचारीका नर्मता खत्री र पहिलो रात्री बस चालक महिला रेबिका थापालाई पाँच पाँच हजार रुपैयाँ नगद सहित सम्मान गरेका हुन् ।

Advertisement

सिटौलाले सार्वजनिक यायायातको क्षेत्रमा महिलालाई आर्कषित गर्न सके यो व्यवसाय नै मर्यादित हुने बताए । ‘हजारौं नर्मता र रेविकाहरुलाई यातायात क्षेत्रमा आवद्ध गराउनका लागि महिला मैत्री सार्वजनिक यातायात बनाउनु पर्छ । जिम्मेवारी र अवसरले नै मानिसलाई सफलतासम्म पुर्याउछ’ उनले भने ।

सम्मान ग्रहण गर्दै महिला चालक रेविका थापाले सबैले गाडी चलाउने भएपनि आफुहरुले पेशाका रुपमा अंगालेको तर महिलाका लागि काम गर्न त्यति सहज नभएको बताएकी छन् । रेविकाले काठमाडौं देखि धनगढी रुटमा रात्री बस चलाउँदै आएकी छिन् । त्यसबाट आएको आम्दानीका साथै अन्यदाताहरुले दिएको सहयोगबाट ४२ अनाथ बच्चाहरुलाई संरक्षण दिँदै आएकी छिन् । बस होस्टेज नर्मताले काठमाडौं देखि दाङको रुटमा चल्ने बसमा परिचारीकाको भूमिका निर्वाह गर्दै आएकी छिन् ।

कार्यक्रममा महासंघका अध्यक्ष बिजयबहादुर स्वांरले सार्वजनिक यातायात क्षेत्रलाई मर्यादित बनाउन सरोकारवालाहरु एक भएर लाग्नु पर्ने बताए । सम्मान कार्यक्रम पूर्व यातायात व्यवस्थापन प्रा.लिं ले आयोजना गरेका हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट