कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

  • २०८१ आश्विन २, बुधबार (१ दिन अघि)
  • ३३ पटक पढिएको
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । आज प्रदेशमा मतविभाजन हुँदा कार्कीको पक्षमा ६६ मत खसेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेस एमालेले समर्थन गरेपछि कार्कीले ६६ मत प्राप्त गरेका हुन् ।

Advertisement

बैशाख २७ मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले बैशाख ३१ मा विश्वासको मत लिएका थिए । तर सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज पून: विश्वासको मत लिएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट