सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

  • २०८१ आश्विन ३, बिहिबार (१७ घण्टा अघि)
  • २२ पटक पढिएको
सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

काठमाडौं– सुनको भाउ आज पनि घटेको छ । हिजो तोलाको एक लाख ५६ हजार चार सय रहेको सुनको भाउ आज आठ सयले घटेर एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

यसअघि गएको सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । गएको तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट