धादिङमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुदै

  • २०८१ आश्विन ४, शुक्रबार (३ घण्टा अघि)
  • ६० पटक पढिएको
धादिङमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुदै

धादिङ–धादिङको महादेववेसीमा राष्ट्रिय भेटेरान चेस प्रतियोगिता हुने भएको छ । नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको आयोजना तथा थांक्रे गाउँपालिकाको सहयोगमा असोज ५ देखि ७ गतेसम्म राष्ट्रिय प्रतियोगिताको आयोजना हुन लागेको हो ।

Advertisement

५० वर्ष उमेर माथिका खेलाडीहरु प्रतिस्पर्धामा रहनेछन् । थांक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीमा असोज ५ अर्थात भोलिेदेखि हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष विकास कार्कीले जानकारी दिए ।

छैठौं राष्ट्रिय सिनियर क्छण् बुद्धिचाल प्रतियोगितामा पहिलो हुनेले ४० हजार नगद ट्रफी र मेडल पाउनेछन । दोश्रा, तेस्रो, चौथो, पाँचौ हुनेले क्रमशः २० हजार, १५ हजार, १० हजार, आठ हजार र हुनेले २० हजार, तेश्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार छैटौं र छैटौ तथा सातौं हुनेले ५/५ हजार नगद पुरस्कार पाउनेछन् ।

यसै गरी सोही समयमा जिल्ला स्तरीय चेस प्रतियोगता पनि आयोजना गरिएको छ । धादिङ जिल्ला बुद्धिचाल संघको आयोजनामा असोज ६ देखि ७ गते महादेवबेशीसीमा जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष विकास कार्कीले बताए ।
जिल्ला स्तरीय प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । जिल्ला स्तरीय चेस प्रतियोगितामा सबै उमेर समूहका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट