दशैंका लागि अग्रिम टिकट बुकिङ असोज दोस्रो सातादेखि खुलाउने

  • २०८१ आश्विन ५, शनिबार (२ महिना अघि)
  • १४१ पटक पढिएको
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज दोस्रो सातादेखि खुलाउने

काठमाडौं– दशैंका लागि गाडीको अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले घटस्थापनाभन्दा एक साता अघि टिकट बुकिङ खुलाउने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए ।

Advertisement

धेरै ठाउँमा सडक मर्मत गर्न बाँकी रहेकोले सडक मर्मतको काम सकिएपछि टिकट बुकिङ खुलाउने गरी छलफल भएको र सकेसम्म एक साता अघि बुकिङ खुल्ला गर्ने उनले बताए । यस्तै बैठकले दशैं, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभागअन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन पनि दिइएको छ ।

यस्तै बैठकले इन्धनको मूल्यबाहेक अन्य कारणले गर्नुपर्ने भाडा समायोजन छठपछि गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट