काभा महिला क्लब भलिबलको उपाधि नेपाल पुलिस क्लवले जित्यो

  • २०८१ आश्विन ६, आईतबार (२ महिना अघि)
  • २५३ पटक पढिएको
काभा महिला क्लब भलिबलको उपाधि नेपाल पुलिस क्लवले जित्यो

काठमाडौं- नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

Advertisement

शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि चुमेको हो ।

मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५–१६, २५–२२, २५–२३ ले पराजित गरेको हो । ६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै आफ्नो पक्षमा पार्न सफल भएको हो । लिग चरणमा पाँचवटै खेल जितेर शीर्ष स्थानमा रहेको पुलिसले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका र ताजकिस्तानका समान १ तथा माल्दिभ्सको २ गरी कुल ६ टोलीको सहभागिता थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट