धादिङमा छैटौं राष्ट्रिय भेट्रान चेस सुरु

  • २०८१ आश्विन ६, आईतबार (२ महिना अघि)
  • ११२ पटक पढिएको
धादिङमा छैटौं राष्ट्रिय भेट्रान चेस सुरु

काठमाडौं– धादिङको महादेवबेंसीमा छैटौं राष्ट्रिय भेट्रान चेस च्याम्पियनसिप सुरु भएको छ । दुई चरणको खेलमा तीन पटकका पूर्वच्याम्पियन बद्रीलाल नेपाली, पूर्वच्याम्पियनद्वय विलमलाल श्रेष्ठ, नवीन तण्डुकार, हर्क चोङ्वाङ लिम्बू र भक्तपुरका गणेशमान दुवालले दुवै खेल जितेर संयुक्त अग्रता बनाएका छन् ।

Advertisement

बद्रीलालले स्याङजाका मोहनसिंह प्रधान र भक्तपुरका जगन्नाथ ताम्राकारलाई हराएका छन् । क्यान्डिडेट मास्टर नवीनले सप्तरीका रामदेव मण्डल र भक्तपुरका कृष्णगोपाल नापितविरुद्ध जित हात पारेका छन् ।

फिडे मास्टर विमललालले पहिलो खेलमा भीमदत्त पाण्डेलाई र दोस्रोमा सीएम भगवती प्रसादलाई हराएका छन् । हर्कले कास्कीका रामबहादुर क्षेत्री र धादिङका विष्णु मिश्र लिम्बूलाई पन्छाए । राम्रो सुरुआत गरेका गणेशमानले पहिलो खेलमा तारामान श्रेष्ठलाई र अर्को खेलमा लक्षमण कुमारमाथि जित निकालेका छन् ।

समान एक खेल जित र एक खेलमा हार बेहोर्नेमा लक्ष्मण कुमार सेठ, रामबहादुर कार्की, तारामान श्रेष्ठ, सुर्य नारायण दास, कृष्णगोपाल नापित, जगन्नाथ ताम्राकार, राजनारायण चौधरी, विनोदकुमार गुप्ता, भीमदत्त पाण्डेले १–१ अंक जोडेका छन् ।

धादिङ जिल्ला बुद्धिचाल संघको संयोजनमा खेल भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट