काठमाडौं– सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा यो आयोजना निर्माण भइरहेको छ ।
यसअघि केही विवाद रहेकोमा सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको छ । दुई सय २० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैं अगाडि सकिने प्राधिकरणले जनाएको छ । त्यस्तै बाँधक्षेत्रको निर्माण सकेर पानी हालेर परीक्षणसमेत भइसकेको छ ।
परीक्षणका क्रममा मुख्य सुरुङको झन्डै एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ । अहिले सुरुङ सफा गर्न शुरु गरिएको छ । १५ दिनपछि सुरुङमा पानी भर्न थालिने प्राधिकरणले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप