दुर्गा प्रसाईं पक्राउ: यस्तो छ कारण

  • २०८१ आश्विन ६, आईतबार (५ दिन अघि)
  • ८७ पटक पढिएको
दुर्गा प्रसाईं पक्राउ: यस्तो छ कारण

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा साइबर ब्यूरोबाट खटिएको टोलीले प्रसाईंलाई पक्राउ गरेको गरेको हो । प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । गत बुधबार प्रसाईसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो। सोही उजुरीका आधारमा सोधपुछका लागि प्रहरीले प्रसाईलाई नियन्त्रणमा लिएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट