काठमाडौं- आइतबार भक्तपुरको आफ्नै निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अविलम्ब रिहाइको माग गर्दै उनका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा साइबर ब्यूरोबाट खटिएको टोलीले प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो । सोही उजुरीका आधारमा सोधपुछका लागि प्रहरीले प्रसाईलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप