स्वदेशमै अवसर खोज्न युवालाई प्रधानमन्त्री ओलीको आग्रह

  • २०८१ आश्विन ८, मंगलबार (६ महिना अघि)
  • १९६ पटक पढिएको
स्वदेशमै अवसर खोज्न युवालाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई नेपालमा फर्कन अनुरोध गरेका छन् । नेपालमा फर्किएर रोजगारी विकासका लागि स्वदेशमा अवसर सृजना गर्न आग्रह गरेका हुन् ।

Advertisement

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न युवा जनशक्ति स्वदेश फर्किनु पर्ने धारणा राखेका हुन् ।

‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै नेपालबाट विदेशिएका विद्यार्थी र युवाहरू नेपाल फर्केर रोजगारीको अवसर सिर्जना गर्न अनुरोध गरेका हुन् । देशमा समृद्धिको प्रचुर सम्भावना रहेको छ । नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ । युवाले स्वदेशमै अवसर खोज्न सके विकास र समृद्धिमा देशले फड्को मार्ने उनले बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट