शिशिरको टिमले दिलायो नेपाललाई कांस्य पदक

  • २०८१ आश्विन ९, बुधबार (२ दिन अघि)
  • ५० पटक पढिएको
शिशिरको टिमले दिलायो नेपाललाई कांस्य पदक

काठमाडौं- नेपालका शिशिर श्रेष्ठ, पारस भण्डारी र मनोज श्रेष्ठको टिमले अस्ट्रेलियन ओपन जी–२ तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् ।

Advertisement

शिशिर १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता खेलाडी हुन् । अस्ट्रेलियाको ब्रिसवेनमा भएको प्रतियोगितामा उनीहरूले ३० वर्षमुनिका पुरुष टिम पुम्सेमा कांस्य जितेको हो ।

अस्ट्रेलिया तेक्वान्दोको आयोजनामा ब्रिसवेनस्थित निसान एरिनामा भएको प्रतियोगिताको उक्त इभेन्टमा सिंगापुरले स्वर्ण र हङकङले रजत जितेको थियो ।

अस्ट्रेलियन ओपनमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनले अस्ट्रेलियन ओपन, प्रेसिडेन्ट कप र पारा तेक्वान्दो गरी तीन प्रतियोगितामा १९ फाइट खेलाएका थिए ।
पारस धादिङ ज्वालामुखी ५ का हुन । उनी ३ वर्ष अघि अस्ट्रेलिया गएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट