धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा

  • २०८१ आश्विन १०, बिहिबार (१ दिन अघि)
  • ३४ पटक पढिएको
धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा

काठमाडौं- सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया फेरि थालेको छ । नेप्सेका वर्तमान सीईओ कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवि चापागाईं र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतीका लागि बोलाइएको हो ।

Advertisement

यसअघि सर्टलिस्टमा परेका तर अन्तर्वाता तथा कार्यप्रस्तुतीमा सहभागी नभएका तीन जना उम्मेदवारलाई फेरि कार्यप्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइएको हो । एक सार्वजनिक सूचना जारी गर्दै गठित सिफारिस समितिले असोज १८ गते बिहान ८ बजेका लागि तीन जना उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतीका लागि बोलाएको हो ।

यसअघि सर्टलिस्टमा परे पनि अन्तर्वार्ता तथा कार्यप्रस्तुतीमा यी तीन उम्मेदवार सहभागी नभएपछि समितिले नाम सिफारिस गर्न सकेको थिएन । त्यसपछि सरकारले नियुक्तिका लागि नयाँ प्रक्रिया सुरु गर्ने तयारी गरेको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट