पृथ्वी राजमार्गमा गुडिरहेको कारमा पहिरो खस्दा ४ जना घाइते

  • २०८१ आश्विन १०, बिहिबार (१ दिन अघि)
  • १३४ पटक पढिएको
पृथ्वी राजमार्गमा गुडिरहेको कारमा पहिरो खस्दा ४ जना घाइते

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका–६ चिरौदीमा गुडिरहेको कारमाथि पहिरो खस्दा चार जना घाइते भएका छन् । गुडिरहेको कारमा सडक भन्दा माथिबाट पहिरो खसेपछि कार चिरौदी खोलामा पुगेको हो ।

Advertisement

पोखराबाट काठमाडौं आउदै गरेको ग २ च ७८८५ नम्बरको कारमा सवार चारै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । उनका अनुसार गुडि रहेको कारलाई सडक माथिबाट आएको पहिरोले ठक्कर दिएपछि कार खोलामा खसेको हो । दुर्घटनामा परि घाइते भएकाहरुको उद्धार गरि नजिकै रहेको स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।

दुर्घटनापछि अवरुद्ध बनेको राजमार्ग खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट