हवाई टिकट नै पाउन मुस्किल: भाडा झन दोब्बरले बढ्यो

  • २०८१ आश्विन १३, आईतबार (२ दिन अघि)
  • ९८ पटक पढिएको
हवाई टिकट नै पाउन मुस्किल: भाडा झन दोब्बरले बढ्यो

काठमाडौं– देशका अधिकांश राजमार्ग बन्द भएपछि वैकल्पिक मार्गको रुपमा हवाइ यातायात रोजेका यात्रु महंगो भाडा तिर्न बाध्य भएका छन् । अहिले सबैजसो एअरलाइन्सले केही गन्तव्यमा अधिकतम भाडादर लागू गरेका हुन् ।

Advertisement

गएको बिहीवारसम्म काठमाडौं–विराटनगरको भाडा ५७ सय रुपैयाँ रहेकोमा आज १० हजार रुपैयाँसम्म पुगेको छ । यस्तै काठमाडौं–भैरहवाको भाडा आठ हजार पाँच सय रुपैयाँसम्म पुगेको छ । काठमाडौं–धनगढीको हवाई भाडा १६ हजार रुपैयाँसम्म पुगेको छ ।

काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने सबै सडक बन्द भएकाले अत्यावश्यक काम परेकाहरू हवाई यात्रा गर्न बाध्य छन् । अहिले हवाई टिकट नै पाउन गाह्रो भएको र अर्कोतिर महँगो भाडा तिर्नुपरेको यात्रुको गुनासो छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा दिँदै आएका एअरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न आग्रह गरेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट