बाढी–पहिरोमा परेर मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो, ६४ जना बेपत्ता

  • २०८१ आश्विन १३, आईतबार (२ दिन अघि)
  • १०४ पटक पढिएको
बाढी–पहिरोमा परेर मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो, ६४ जना बेपत्ता

काठमाडौं– बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १ सय ३२ जना पुगेको छ ।

Advertisement

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ ।

त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट आज बिहानैदेखि काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १९३ जनाको सकुशल उद्दार गरिएको छ ।

बाढी पहिरोका कारण अवरुद्ध रहेका सडक सुचारु गर्न सबै संयन्त्रहरु परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट