धादिङ र काभ्रेका सीडीओ गृह मन्त्रालय तानियो

  • २०८१ आश्विन १४, सोमबार (२ दिन अघि)
  • ८७ पटक पढिएको
धादिङ र काभ्रेका सीडीओ गृह मन्त्रालय तानियो

काठमाडौंं- गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।

Advertisement

धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि प्रमुख जिल्ला अधिकारी रहेका धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्य प्रसाद सेढाइँलाई गृहमन्त्रालयमा तानिएको हो ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ ।

मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति धेरै भएको थियो ।

नौबिसे–नागढुंगा सडक खण्डको झ्याप्ले खोलामा पहिरोले सवारी साधनसहित पुरिदा ३५ जनाको मृत्यु भइसकेको छ । काभ्रेमा ५० जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

यसैगरी काठमाडौं भित्रने राजमार्गहरुमा हजारौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट