नेप्से एकैदिन १ सय १४ अङ्कले बढ्यो

  • २०८१ आश्विन १५, मंगलबार (१९ घण्टा अघि)
  • ३२ पटक पढिएको
नेप्से एकैदिन १ सय १४ अङ्कले बढ्यो

काठमाडौं– सेयर बजार आज उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २३ दशमलव ५६ विन्दुमा पुगेको छ ।

Advertisement

आज सबै समूहको सेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज २१ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै १५ वटा कम्पनीको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से उच्च अङ्कले बढेको दिन ३ वटा कम्पनीको सेयर भने ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३ सय ७ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता सेयर ७ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट