रास्वपा धादिङले बुझायो ध्यानाकर्षण पत्र

  • २०८१ आश्विन १६, बुधबार (२ दिन अघि)
  • १६९ पटक पढिएको
रास्वपा धादिङले बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं– मौषम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअलर्ट जारी गर्दा समेत विपद् व्यवस्थापनमा राज्यको पूर्व तयारीमा कमजोरीका कारण देशले ठूलो जनधनको क्षति व्यहार्नु पर्याे । राज्य चुकेकै कारण यो पीडादायी घटना घटेको र पुनः यस्ता घटना नदोहोरियोस् भनि राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला प्रशासनलाई ध्यानाकर्षण गरेका हुन् ।

Advertisement

ध्यानाकर्षण पत्रमार्फत घाइते तथा पीडित नागरिकको उद्धारमा तीव्रता दिई यथासिघ्र उपचारको माग राखेका छन् । मृतकको खोजी, संकलन तथा पीडीत परिवारलाई दाहसंस्कार गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । त्यस्तै, राजमार्गका पुलहरु भत्किएको हुदाँ अस्थायी बेली ब्रिज व्यवस्था, राजमार्ग र जिल्लाका अन्य सडक खण्ड सुधारका गर्न, चोरी डकैती हुनबाट बच्न, उपभोग्य बस्तुको अभाव, कालो बजारले प्रसय पाएको लगायतका विषयमा ध्यानाकर्षण गराएका छन् ।

विकास निर्माण शान्ति सुरक्षा, आपतकालिन उद्धार विपद व्यवस्थापन जस्ता हरेक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले सहकार्य गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी धादिङका अध्यक्ष सूर्यमणी पाठकले बताए ।

नजिकिदै गरेको नेपालीहरुको महान पर्व दशैं, तिहार, नेपाल संवत् तथा छट पर्वमा आवतजावत गर्नेहरुको संंख्यामा वृद्धि हुन्छ । त्यसैले आइपर्न सक्ने विपद्को पूर्वतयारीका लागि तयारी रहन ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले विपद्ले निम्त्याएको विपत्तिको समाधानका विकल्प खोजिएको बताए । ‘हामी ठ्याक्कै विपदपछि छौं । खोजी तथा उद्धार कार्य पनि भइ रहेको छ । चाडपर्व पनि नजिकि रहेकोले यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गर्दै काम अघि बढेको छ । तपाईहरुले ध्यानाकर्षण गराउनु भयो आभारी छु’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट