बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २ सय ३२ पुग्यो

  • २०८१ आश्विन १६, बुधबार (२ दिन अघि)
  • १२१ पटक पढिएको
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २ सय ३२ पुग्यो

काठमाडौं– बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २ सय ३२ जना पुग्यो । बाढी पहिरोबाट बुधबार साँझसम्म मृत्यु हुनेको संख्या २ सय ३२ जना पुगेको छ ।

Advertisement

गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २ सय ३२ मृत्यु, १ सय ६५ जना घाइते र २३ जना बेपत्ता रहेको जानकारी दिए । खोज तथा उद्धारको कामलाई निरन्तरता दिइएको र अहिले अन्तिम चरणमा पुगेको उनले बताए ।

त्यस्तै, बाढी पहिरोबाट बढी प्रभावित विभिन्न ८ जिल्लामा मन्त्रालयका सह सचिवहरुको नेतृत्वमा स्थलगत अनुगमन टोली आजैदेखि परिचालन गरिएको छ । टोली बाढी पहिरोबाट अति प्रभावित ८ जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा परिचालन भएको प्रवक्ता तिवारीले बताए ।
स्थलगत अनुगमन टोलीमा सरोकारवाला अन्य निकायका प्रतिनिधिहरू समेत सहभागी रहेको गृह मन्त्रालयले जनाएको छ ।

सो अनुगमन टोलीले विपद्बाट प्रभावित घरपरिवारलाई राहत उद्धारका विषयमा प्रदेश, स्थानीय तह र सम्वद्ध पक्षहरूसँग समेत आवश्यक समन्वय र सहजिकरण गरी विपद्पछिको सरकारको भूमिकालाई प्रभावकारी बनाउने गरी काम गर्नेछ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट