धादिङ अस्पतालमा निःशुल्क स्तन क्यान्सर स्वास्थ्य शिविर हुने

  • नेपाल पथ
  • २०८१ आश्विन १८, शुक्रबार (१ दिन अघि)
  • १४७ पटक पढिएको
धादिङ अस्पतालमा निःशुल्क स्तन क्यान्सर स्वास्थ्य शिविर हुने

धादिङ– धादिङ अस्पताल धादिङमा निःशुल्क स्तन क्यान्सर बृहत स्वास्थ्य शिविर हुने भएको छ । स्तन क्यान्सरको आशंका भएका तथा ४० वर्ष पार गरेका महिला दिदिबहिनीहरुलाई लक्षित गरि असोज १९ गते शनिवार शिविरको आयोजना गरिएको हो ।

Advertisement

धादिङका महिला दिदिबहिनीहरुका स्तन क्यान्सरको रोगको पहिचान तथा उपचारका लागि शिविरको आयोजना गरिएको धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले बताए ।

अस्पतालले गत भदौं ११ गतेबाट स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ) मेमोग्राम सेवा सुरु गरेको थियो । स्तन क्यान्सरबाट महिला दिदिबहिनीको ज्यान जोगाउनका लागि मेमोग्राम सेवा सुरु गरिएको हो । ‘नेपालमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर पछिको दोस्रोमा स्तनको क्यान्सर रहेको छ । समयमै उपचार भयो भने निको हुन्छ । अकालमै ज्यान जानबाट जोगाउन यो सेवा सुरु गरिएको हो । १९ गते शनिवार निःशुल्क स्तन क्यान्सर बृहत स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ स्तन क्यान्सर रोग विशेषज्ञ डाक्टर सुचिता हिराचनद्धारा सेवा प्रदान गरिने उनले बताए । ९ वजेदेखि ३ वजेसम्म शिविर सञ्चालन गरिनेछ । स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य परिक्षण गराउन सबैलाई उनले आग्रह गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट