स्याङ्जामा जिप दुर्घटना हुँदा ७ जना घाइते

  • २०८१ आश्विन १८, शुक्रबार (२१ घण्टा अघि)
  • ४७ पटक पढिएको
स्याङ्जामा जिप दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौं– स्याङ्जाको आँधिखोला गाउँपालिका–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ ।

Advertisement

प्रहरीका अनुसार सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकको नालीमा पल्टिएको हो ।

दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । घाइते हुनेमा आँधिखोला–५ घर भएका आत्मराम सिग्देल, कलावती घिमिरे, सिर्जना चापागाईँ, अमना नेपाली, शान्तिकुमार सापकोटा, शिव सिग्देल र ३ वर्षीया सोफिया नेपाली छन् ।

जिप चालक अर्जुनचौपारी गाउँपालिका–५ घर भएका २७ वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट