नियम विपरित जोखिमपूर्ण यात्रु बोक्ने ३२ सवारीलाई कार्वाही

  • २०८१ आश्विन १९, शनिबार (१ महिना अघि)
  • ६७ पटक पढिएको
नियम विपरित जोखिमपूर्ण यात्रु बोक्ने ३२ सवारीलाई कार्वाही

काठमाडौं– जोखिमपूर्ण ढंगबाट यात्रु बोक्ने बोलेरो जीपहरुलाई कारबाही गरिएको छ । जिल्लाका ग्रामिण क्षेत्रहरुमा जोखिमपूर्ण रुपमा यात्रु ओसारपसार गर्ने बोलेरो जीपहरुलाई कार्वाही गरिएको हो ।

Advertisement

शुक्रबार धादिङ जिल्लाको ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावतीलगायतका गाउँपालिकाको विभिन्न वस्तीहरुबाट बोलेरेको छतमा समेत राखेर यात्रु ओसार पसार गर्ने पाँच वटा बोलेरो जीपलाई जरिवानासहित कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

‘छतमा राखेर यात्रु ओसार पसार गर्ने, यात्रु बोक्ने अनुमति समेत नभएका सवारी साधनले क्षमता भन्दा बढी यात्रु राखेर जोखिमपूर्ण ढंगले सवारी चलाउने समेत गरी पछिल्लो दुई दिनमा ३२ वटा सवारी कारबाहीमा परेका छन्’ उनले भने– ‘प्रयोजन विपरित संचालित तीन, छतमा समेत राखेर यात्रु बोक्ने १४, सवारी साधनको अवस्था ठिक नभएको पाँच वटासहित ३२ वटा सवारी साधनलाई कार्वाही गरिएको हो ।’

सडक संजाल सहज नभएका ग्रामीण वस्तीहरुबाट बोलेरो जीपहरुले सर्वसाधारणलाई सदरमुकाम धादिङबेसी ल्याउने लाने गर्छन् । सडक संजाल पुगेपनि जिल्लाको अधिकांश भागमा यात्रुबाहक बस संचालन हुने सडक नभएपछि सर्वसाधारणहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् । यही मौका छोपेर यात्रु बोक्ने अनुमति समेत नभएका बोलेरो जीपहरुले मनोमानी ढंगबाट भाडा असुलेको गुनासो व्यापक भएपछि ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरेको हो ।

वर्षातको समयमा भत्किएको बाटो मर्मत हुन नसक्दा ग्रामीण भेगमा ठूला यात्रुबाहक बस पुग्न सक्ने अवस्था छैन । बोलेरो जीपहरु चल्ने सडकमा ठाउँ ठाउँमा सादा पोसाकका प्रहरी समेत खटाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
विभिन्न बहानामा यात्रु ठगिनबाट जोगाउन सदरमुकाम धादिङबेसीको पुछारबजारमा यात्रु सहायता कक्ष समेत स्थापना गरेको छ । जुनकुनै कारण समस्यामा परेका वा अप्ठ्यारेमा परेका यात्रुहरुले सहायता कक्षमा उजुरी गर्न पाउने व्यवस्था मिलाइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट