नीलकण्ठ नगरपालिकाको चाडपर्व लक्षित अनुगमन

  • २०८१ आश्विन १९, शनिबार (१ महिना अघि)
  • १२१ पटक पढिएको
नीलकण्ठ नगरपालिकाको चाडपर्व लक्षित अनुगमन

काठमाडौं– नीलकण्ठ नगरपालिकाले चाडपर्व लक्षित अनुगमन थालेको छ । बजारमा म्याद गुज्रेको र अखाद्य बस्तु विक्रि वितरण गरेको गुनासो आएपछि केही दिनदेखि अनुगमनलाई तिव्र पारेको हो ।

Advertisement

ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यान्न सामाग्री जफत गरिएको नीलकण्ठ नगरपालिकाका नगर उप–प्रमुख दिपक विश्वकर्माले बताए । ‘मानिसहरुमा जनचेतना फैलाउन र सहज बनाउनका लागि अनुगमन गरिएको हो । म्याद गुज्रेका सामाग्रीहरु यत्रतत्र बेचिरहेको भेटिएपछि जफत गरिएको हो । जफत गरिएको सामाग्री आइतबार नष्ट गर्छाैं’ उनले भने ।

‘उपभोक्ताले पनि म्याद छ छैन हेरेर बानी बलाल्नु पर्छ । विक्रेताले मूल्यसूची राख्ने, म्याद गुजे्रको सामानहरु छुट्टै राख्ने । होटल तथा मिठाई पसल सफा राख्ने, दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्ने, जुन प्रयोजनका लागि व्यवसाय गरिएको सोही व्यवसाय मात्र गर्न पाइने जस्ता निर्देशन दिइएको छ’ उनले भने– ‘अहिले जनचेतना फैलाउन र सजक बनाउने हो । अहिले दिएको निर्देशन पालना नगरेको भेटिएमा अर्काे पटक जरिवाना तथा कार्वाही गर्छाै ।’

त्यसैगरी, प्लाष्टिकमा बेचिने अल्कोहलहरु विस्तारै निरुत्साहित गर्न विक्रि नगर्न अनुरोध गरिएको छ । त्यस्ता अल्कोहलले मानव स्वास्थ्यमा असर पारेको गुनासो बढेपछि विक्रीका लागि रोक लगाउने तयारी भइ रहेको उप प्रमुख विश्वकर्माले बताए ।

नगर उप प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल सहितको टोलीले धादिङबेसीका पसलहरुको अनुगमन गरेको हो । जिल्ला अनुगमन समितिले पनि जिल्लाका विभिन्न ठाउँहरुमा नियमित अनुगमन गरिरहेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट