धादिङबेसीस्थित लखन थापा पार्कमा सालकको मुर्ति स्थापना

  • २०८१ आश्विन २०, आईतबार (१ महिना अघि)
  • १०९ पटक पढिएको
धादिङबेसीस्थित लखन थापा पार्कमा सालकको मुर्ति स्थापना

काठमाडौं– धादिङको सदरमुकाम धादिङबेसीस्थित लखन थापा पार्कमा लोपोन्मुख वन्यजन्तु तामे सालकको एक जोडी मुर्ति राखिएको छ ।

Advertisement

लोपोन्मुख बन्दै गएको सालकको संरक्षण गर्ने उद्देश्यले सालकको मूर्ति स्थापना गरिएकोे डिभिजन वन कार्यालय धादिङका डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यले बताए । शनिवार एक कार्यक्रमकाविच बागमती तामे सालकको मुर्ति लखन थापा पार्कमा राखिएको हो ।

‘नेपालमा धेरै सालक पाइने जिल्ला मध्ये धादिङ पनि एक हो । मानिसहरुमा चेतना फैलाउनका लागि सालक चिनाउदै हिडेका छौंं’ उनले भने– धादिङका अधिकाशं नागरिकले सालकको बारेमा थाहा पाइसकेका छन् । अहिले सालकको संरक्षणमा सहयोग गर्न थालिसक्नु भएको छ । धादिङमा सालक सुरक्षित र सरक्षण हुने विश्वास छ ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले डिभिजन वन कार्यालयसँग समन्वय गरेर सालकको संरक्षण गर्ने बताए । त्यसैगरी, नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले सालक संरक्षणका लागि नगरपालिकाले आगामी दिनमा सालक पार्क निर्माण गर्ने र त्यसको स्वामित्व लिने बताए । डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यले लखन थापा पार्क व्यवस्थापन समितिका सचिव नारायण श्रेष्ठ लगायतको टोलीलाई मूर्ति हस्तान्तरण गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट