लाभग्राहीको संख्या यकिन गरि यथाशीघ्र पठाउन गृहमन्त्रीको निर्देशन

  • २०८१ आश्विन २०, आईतबार (१ महिना अघि)
  • ७६ पटक पढिएको
लाभग्राहीको संख्या यकिन गरि यथाशीघ्र पठाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । विवरण आएको खण्डमा तीन दिनभित्रै अस्थायी आवासका लागि रकम निकासा गर्ने उदेश्यले चाँडो विवरण पठाउन निर्देशन दिइएको हो ।

Advertisement

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानलगायतबाट प्रभावित जिल्लालाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन निर्देशन भइसकेको जानकारी दिए । ‘अहिले मृतकका परिवारलाई रु दुई लाख राहत दिने निर्णय गरेर जिल्लाहरुमा रकम पठाइ सकिएको छ । सम्बन्धित जिल्लाले पीडितलाई राहत रकम वितरण गरिरहेका छन् । उद्धार, राहत र पुनःस्थापनामा सरकार गम्भीर भएर लागेको छ । विवरण आएको तीन दिनभित्रमा अस्थायी आवासका लागि रकम निकासा गर्ने योजनामा छौं’ उनले भने ।

यही असोज १० देखि १२ गतेसम्म आएको मनसुनी वर्षाका कारण देशभर गरेर दुई सय ३९ जनाको मृत्यु भएको छ । अझै १९ जना हराइरहेका छन् । अर्बौंको भौतिक संरचनामा क्षति पुगेको छ । अहिले पनि बिपी राजमार्गलगायत कति राजमार्ग सञ्चालन हुन सकेका छैनन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट