जनचेतना फैलाउन गाउँ–गाउँमा अनुगमन

  • २०८१ आश्विन २१, सोमबार (१ महिना अघि)
  • ४७ पटक पढिएको
जनचेतना फैलाउन गाउँ–गाउँमा अनुगमन

काठमाडौं– नेत्रावती डवजोङ गाउँपालिकाले चाडपर्व लक्षित अनुगमन थालेको छ । जनचेतना फैलाउने उद्देश्यले गाउँ गाउँमा अनुगमन गरिएको हो ।

Advertisement

‘ग्रामिण क्षेत्रमा रहेका हाम्रा नागरिकमा सचेतना फैलाउन र व्यवसायीलाई पनि करको दायरामा ल्याएर उपभोक्ताप्रति जिम्मेवार बनाउन अनुगमन गरिएको नेत्रावती डवजोङ गाउँपालिकाका उपाध्यक्ष सिता चोदेनले बताइन् ।

‘खाद्यान्न सामाग्रीहरु म्याद गुज्रेको अवस्थमा पनि बेचिरहेका हुन्छन् । उपभोक्ता पनि आफु पनि सचेत बन्नु पर्छ’ उनले भनिन्– ‘होलसेलबाटै म्याज गुज्रेको सामाग्रीहरु पनि गाउँ आइपुग्ने गरेका छन् । कतिपय त ल्याएर बेच्ने बेलैमा म्याद सकिसकेको हुने रहेछ । व्यवसायीलाई किन्दा र विक्रि गर्दा म्याद हेरेर विक्रि वितरण गर्ने निर्देशन दिएका छौं । अहिले जनचेतना फैलाउने हो । खासेै कार्वाृही गरिएको छैन । तर अटेरी गरिए कार्वाहीको दायरामा ल्याउने छौं ।’

यो अनुगमनले व्यवसायीलाई करको दायरामा ल्याउन र सचेतना फैलाउने विश्वास लिएका छौं । अनुगमन चाडपर्व लक्षित भएपनि निरन्तर रुपम चलिरहने उनले बताइन् ।

धादिङका विभिन्न ठाउँमा चाडपर्व लक्षित अनुगमन भइ रहेको छ । जिल्ला अनुगमन समिति, पालिका लगायतका टोलीले जिल्लाको विभिन्न स्थानमा अनुगमन कार्यलाई तिव्र बनाएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट