सिन्धुली जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना

  • २०८१ आश्विन २२, मंगलबार (१ महिना अघि)
  • ६४ पटक पढिएको
सिन्धुली जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना

काठमाडौं- काठमाडौंबाट सिन्धुलीको फिक्कल जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना हुदा एक जना घाइते भएको छ।

Advertisement

रामेछापको मन्थली–खाँडादेवी–सित्खा सडक खण्डको मन्थली नगरपालिका–७ भटौंलीमा ना१ज ८७८२ नम्बरको टाटा सुमो अनियन्त्रित भइ सडकको कुनामा पल्टिँदा सिन्धुली फिक्कल गाउँपालिका–४ का २२ वर्षीय चालक उद्धव श्रेष्ठको हात र ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सुमोमा चालक र २ बच्चासहित १२ जना सवार रहेको प्रहरी कार्यालयले जनाएको छ । बाढी–पहिरोको कारण बीपी राजमार्गको सडक बन्द भएपछि अहिले काठमाडौं–चरिकोट–मन्थली–सिन्धुलीको वैकल्पिक मार्ग सञ्चालन भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट