काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु

  • २०८१ आश्विन २२, मंगलबार (१ महिना अघि)
  • ८७ पटक पढिएको
काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु

काठमाडौं– काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ ।

Advertisement

खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका हुन् ।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरु हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।

१७ बुँदे माग राख्दै आएको मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति, खानेपानीको मुहान क्षेत्रको स्थानीय सरकार हेलम्बु गाउँपालिका र खानेपानी मन्त्रालयबीच १० बुँदे सम्झौता भएको छ । त्रिपक्षीय सम्झौतापछि मेलम्चीको पानी मंगलबारबाट राजधानी पठाउन सुरु गरिएको हो ।

बाढी प्रभावित हेलम्बुबासीको समस्या हल गर्ने सहमति गरेपछि हेलम्बु गाउँपालिका–१ अम्बाथामा रहेको सुरुङबाट पानी पठाउन सुरु गरिएको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट