धादिङमा बोलेरो जीप दुर्घटना हुदा ९ जना घाइते

  • २०८१ आश्विन २२, मंगलबार (१ हप्ता अघि)
  • ४३७ पटक पढिएको
धादिङमा बोलेरो जीप दुर्घटना हुदा ९ जना घाइते

काठमाडौं– धादिङको सिद्दलेक गाउँपालिका–५ रातमाटेमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

धादिङबेसीबाट खाद्यान्न र यात्रु बोकेर सिद्दलेकको रैकरतर्फ जाँदै गरेको ग१ज ७८६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी प्रल्हाद सिलवालले बताए ।

उनका अनुसार बोलेरोमा रहेका ११ जना मध्ये चालक सहित ९ जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते भएकाहरुको अहिले धादिङ अस्पतालमा उपचार भइ रहेको उनले बताए ।

Advertisement

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट