काठमाडौं- दोलखाको भीमेश्वर–८ बोचमा यात्रुबाह बस दुर्घटना हुँदा १५ जना घाइते भइएका छन् ।
काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रुबाहक बस लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोेलखाले जानकारी दिएको छ ।
दुर्घटनामा परि घाइते भएकाहरुको उद्धार गरि उपचारका लागि चरिकोट ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप