दशैं भर यस्तो छ मौषम

  • २०८१ आश्विन २३, बुधबार (१ महिना अघि)
  • १२३ पटक पढिएको
दशैं भर यस्तो छ मौषम

काठमाडौं- कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरि यस्तो जानकारी दिएको हो । उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी(२४ गते), अष्टमी र नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ ।

विभागले कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने अनुमान गरेको छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । उक्त दिनहरूमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको र ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताएको छ ।

यस वर्षको मनसुन हिजो मङ्गलबार देखिनै काठमाडौँ उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागबाट बाहिरिइसकेको छ । महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेस प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानहरूबाट पनि मनसुन बहिर्गमन भएको छ । हाल कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव बाँकी छ ।

नेपालमा यही असोज २० गतेदेखि मनसुन बहिर्गमन सुरु भएको थियो । यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट