आयाम इङलिस स्कुलमा भएको आखाँ शिविरमा ७३ जनाले सेवा लिए

  • २०८१ आश्विन २३, बुधबार (१ महिना अघि)
  • ९२ पटक पढिएको
आयाम इङलिस स्कुलमा भएको आखाँ शिविरमा ७३ जनाले सेवा लिए

धादिङ- सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा सञ्चालित निशुल्क आखाँ जाँच शिविरमा ७३ जनाले सेवा लिएका छन् ।

Advertisement

विश्व दृष्टि दिवसको अवसरमा तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको आयोजना तथा आयाम इङलिस स्कुलको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो । सर्जिकल आँखा केन्द्रका सुपेन्द्र ताम्राकार र सुशिल रेग्मीको टोलिले स्कुलको कक्षा ५ सम्म (१३ बर्ष मुनिका) बालबालिकाहरुको आखाँ जाँच विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोइरालाले बताए ।

जाँचको क्रममा ७ जना बिद्यार्थीको आखाँमा जटिल समस्या देखिएको र थप जाँचको लागि अस्पताल नै जानुपर्ने देखिएको स्कुलकी व्यवस्थापक ममिता अर्यालले बताइन् । हाललाई समस्या देखिएका बालबालिकाको लागि निःशुल्क औषधि वितरण गरिएको छ । विद्यालय बालबालिकाको दोस्रो घर हो । बालबालिकाको हरेक क्षेत्रमा विद्यालयले साथ र सहयोगी भूमिका खेल्नु पर्छ । बालबालिकालाई अतिरिक्त ज्ञान दिने तथा बालबालिकाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन पनि स्वास्थ्य शिविरको आयोजना गरिएको उनले बताइन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट