मकवानपुरमा तीनवटा सवारी ठोक्किँदा २८ जना घाइते

  • २०८१ आश्विन २३, बुधबार (१ हप्ता अघि)
  • ८१ पटक पढिएको
मकवानपुरमा तीनवटा सवारी ठोक्किँदा २८ जना घाइते

काठमाडौं- मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा २८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

Advertisement

प्रहरीका अनुसार भीमफेदी गाउँपालिका-४ स्थित गोल्फिनबेसीमा काठमाडौंबाट जनकपुर जाँदै गरेको बा. ३ख २७२३ नम्बरको मिनीबस दुर्घटना भएको हो ।

गम्भीर घाइते ६ सहित आठजनालाई थप उपचारका लागि चितवन पठाइएको छ । हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा. २ज ९८३ नम्बरको ट्याक्सी र बस आपसमा ठोक्किएर बा. २ज ८० नम्बरको अर्को ट्याक्सीसँग ठोक्किएपछि बस सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट