विपद्मा परि बास गुमाएकाहरूलाई तत्काल पुनर्वासको व्यवस्था गर्न एमालेको आग्रह

  • २०८१ आश्विन २५, शुक्रबार (१ महिना अघि)
  • ९६ पटक पढिएको
विपद्मा परि बास गुमाएकाहरूलाई तत्काल पुनर्वासको व्यवस्था गर्न एमालेको आग्रह

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं- सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपद्बाट घर बास गुमाएका १० हजार परिवारलाई छिटो भन्दा छिटो पुनः वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
पार्टीको बैठकले विपद्बाट प्रभावित परिवारलाई छिटो भन्दा छिटो पुनः वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्राकृतिक प्रकोप र सरकारको क्षमताको ग्यापले केही असहज परिस्थिति सिर्जना भए । तरपनि सरकारले आफ्नो क्षमताले भ्याएसम्म विपद् प्रभावितहरूको उद्धार गरेको छ । तथापी सरकारले अझ बढी सक्रिय भई विपद् प्रभावितहरूको पुनः वास र पुनर्निर्माणका लागि प्रभाकारी ढङ्गले काम गर्नुपर्ने बताए ।

त्यस्तै बैठकले विपद्पछिको पुनः निर्माण, पुनः स्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता÷कार्यकर्ता र जनप्रतिनिधिलाई आह्वान गरेको छ ।

बैठकले मङ्सिरमा उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटीले सक्रिय रूपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्ने गरी उपनिर्वाचनको तयारी गर्न आह्वान गरेको उपमहासचिव ज्ञवालीले बताए ।

यस्तै बैठकले च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा कीर्तिपुर नगरपालिका–२ मा पार्टीको नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको ज्ञवालीले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट