रोशीको पिप्लेखण्डमा ठूलो सुक्खा पहिरो खसेपछि बीपी राजमार्ग पुन: अवरुद्ध

  • २०८१ आश्विन २५, शुक्रबार (१ महिना अघि)
  • ८५ पटक पढिएको
रोशीको पिप्लेखण्डमा ठूलो सुक्खा पहिरो खसेपछि बीपी राजमार्ग पुन: अवरुद्ध

काठमाडौं – बीपी राजमार्गको काभ्रे रोशी गाउँपालिका पिप्लेखण्डमा ठूलो सुक्खा पहिरो खसेको छ । लामो प्रयासपछि मर्मत गरी १४ दिनपछि खुलेको सडकमा फेरि पहिरो खसेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार पहिरोले दुई वटा गाडीमा क्षति पु¥याएको । तर मानविय क्षति भने भएको छैन । एउटा खाली बस र अर्को खोटाङबाट काठमाडौंका लागि छुटेको गाडीमा सुक्खा पहिरोले क्षति गरेको हो । ठूलो सक्खा पहिरो खसेकाले तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको खड्काले जानकारी दिए ।

यसअघि विभिन्न ठाउँमा क्षति भएको सडकमा डाइर्भसन मिलाएर सञ्चालन गरिएको थियो । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाडौं उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट