काठमाडौं– रुकुम पश्चिममा दसैं टीकाको दिन पुलबाट हाम फालेका एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
मुसीकोट नगरपालिका–१ का ३७ वर्षीय बुद्धिराम बोहराले टीकाको दिन दिउँसो ४ बजेतिर स्थानीय झोलुङ्गे पुलबाट हाम्फालेका थिए ।
मठ र सल्ले जोड्ने झोलुङगे पुलको माथिबाट झन्डै ६ सय मिटर मुनि हाम फालेका बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलले बताए ।
श्रीमतीले सम्बन्ध विच्छेद (डिभोर्स) मागेको हुँदा बुद्धिरामले पुलबाट हाम फालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको डिएसपी पोख्रेलले बताए ।
बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप